हामीसँग जोडिनुहोस

भारतीय सेनाध्यक्ष द्विवेदी नेपाल आउँदै

1 मिनेट

काठमाडौं,२७ कार्तिक।

भारतीय सेनाका सेनाध्यक्ष उपेन्द्र द्विवेदीले मंसिर ५ गतेदेखि नेपाल भ्रमण गर्नुहुने भएको छ। गत असार १६ गते भारतीय सेनाको सेनाध्यक्षमा नियुक्त हुनुभएका द्विवेदीको यो पहिलो नेपाल भ्रमण हुने बताइएको छ।चारदिने नेपाल भ्रमणमा आउन लाग्नुभएका सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको दज्र्यानी चिह्नसमेत प्रदान गरिने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले उहाँलाई मानार्थ सेनापतिको दर्ज्यानी चिह्न प्रदान गरेपछि उहाँले महत्वपूर्ण भेटघाटसमेत गर्नुहुने भएको छ।

प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतीय सेनाध्यक्ष द्विवेदी नेपाल आउन लाग्नुभएको हो। नेपाली तथा भारतीय सेनाको सेनापतिमा नियुक्त हुने दुवै देशका प्रधानसेनापतिले एकअर्का देशको मानार्थ प्रधानसेनापतिको दर्ज्यानी चिह्न लिने परम्परा रहेको छ।

केही समयअघि नेपाली सेनाको प्रधानसेनापतिमा नियुक्त हुनुभएका प्रधानसेनापति सिग्देल पनि भारतीय सेनाध्यक्ष नेपाल आएर मानार्थ दर्ज्यानी चिह्न लिएको केही समयपछि भारत भ्रमण गर्नुहुने र भारतीय सेनाको मानार्थ सेनापतिको दज्र्यानी चिह्न ग्रहण गर्नुहुने छ।

नेपाल भ्रमणका क्रममा द्विवेदीले रक्षामन्त्री मानवीर राई, प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र प्रधानसेनापति सिग्देलसँग पनि छुट्टाछुट्टै भेट गर्नुहुने भएको छ। उहाँको सम्मानमा प्रधानसेनापति सिग्देलले रात्रिभोजको समेत आयोजना गर्नुहुने भएको छ।

नेपाल भ्रमणका क्रममा उहाँलाई राजधानीबाहिर पोखरा, जोमसोम वा सगरमाथाको आधार शिविरसमेत भ्रमण गराउने योजनामा सरकार रहेको छ। द्विवेदीको नेपाल भ्रमणका बारेमा भने सरकारले अहिलेसम्म औपचारिक रूपमा जानकारी गराएको छैन।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।