
२७ कात्तिक,काठमाडौँ ।

नेपाल विद्युत् प्राधिकरणको बोर्ड बैठक आज बोलाइएको छ।
बिहान साढे ११ बजेका लागि बैठक बोलाइएको हो ।
मन्त्रिपरिषद्ले आइतबार गरेको निर्णय कार्यान्वयनका विषयमा छलफल गर्न सोमबार पनि बैठक बसेको थियो । सो बैठकमा डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता नतिर्ने उद्योगको लाइन जोड्ने विषयमा सहमति जुट्न सकेको थिएन ।
मन्त्रिपरिषद्को बैठकले गरेको टीओडी मिटरका आधारमा १५ दिनभित्र बक्यौता उठाउने निर्णयको विषयमा छलफल गर्न बोर्ड बैठक बोलाएको हो।
Related







