हामीसँग जोडिनुहोस

वाग्मती प्रदेश सरकारको मन्त्रालय विभाजन

1 मिनेट

मकवानपुर,२७ कार्तिक।

वाग्मती प्रदेश सरकारले मन्त्रालय फुटाएको छ । बिनाविभागीय मन्त्री रहेका मधु श्रेष्ठलाई जिम्मेवारी तोक्नका लागि बहादुरसिंह लामा नेतृत्वको सरकारले मन्त्रालय विभाजन गरेको हो ।मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयबाट सहकारीलाई अलग गरी नयाँ मन्त्रालय खडा गरेको हो । अब सहकारी तथा गरिबी नियन्त्रण मन्त्रालय वाग्मती प्रदेशमा नयाँ बनेको छ । यस मन्त्रालयको जिम्मेवारी श्रेष्ठलाई प्रदान गरिने बुझिएको छ । वाग्मतीमा मन्त्रालयको संख्या १४ पुगेको छ ।

सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेका अनुसार मन्त्रिपरिषद्को बैठकले उनलाई जिम्मेवारी प्रदान नगरेको छिट्टै जिम्मेवारी तोकिने बताए । सरकारको नेतृत्व लिएको १११ दिन नाघिसक्दा समेत मुख्यमन्त्री लामाले मन्त्रीलाई बेरोजगार नै राखेको भन्दै सर्वत्र आलोचना भएपछि सरकार मन्त्रालय विभाजन गर्न बाध्य भएको थियो । श्रेष्ठले मुख्यमन्त्री लामासँगै साउन ९ गते शपथ ग्रहण गरेका थिए । उनी हालसम्म बिनाविभागीय मन्त्रीका रूपमा रहेका छन् । श्रेष्ठ नेपाली कांग्रेसका सांसद हुन् ।

मन्त्रालय विभाजनको विषयमा सत्तारुढ सहयात्री दल कांग्रेस–एमालेबीच लामो समयदेखि विवाद भइरहेको थियो । मुख्यमन्त्री लामाले भौतिक पूर्वाधार मन्त्रालय विभाजन गर्ने तयारी गरे पनि एमालेको अवरोधका कारण सम्भव नभएको हो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।