हामीसँग जोडिनुहोस

एकीकृत समाजवादीले नेताको कार्य विभाजन शुक्रवार टुङ्गो लगाउने

1 मिनेट

काठमाडौँ,२९ कार्तिक।

नेकपा एकीकृत समाजवादीले नेताहरूको कार्य विभाजन शुक्रवार बस्ने कार्यदलको बैठकमार्फत टुङ्गो लगाउने भएको छ ।

असार तेस्रो साता पार्टीको दशौँ महाधिवेशन गरेको सो पार्टीले झन्डै ५ महिनापछि नेताहरूको कार्य विभाजन गर्न लागेको हो ।जसमा प्रदेश इन्चार्ज, जिल्ला इन्चार्ज, विभागीय प्रमुख, आयोग र जनसङ्गठन इन्चार्जलगायतको जिम्मेवारी तोक्न बाँकी छ । महाधिवेशनमा असन्तुष्ट रहेका नेताहरूलाई समेत समेटेर कार्य विभाजन गर्न लागेको नेताहरूले बताउँदै आएका छन् । नेता जीवनराम श्रेष्ठ, डा।विजय पौडेल, रामकुमारी झाँक्री लगायतका नेताहरूले पार्टीमा उचित जिम्मेवारी बाँडफाँड हुन सकेको भन्दै असन्तुष्टि जनाउँदै आएका छन् ।

सो पार्टीले सबै तहका कमिटीमा ‘एक पद एक व्यक्ति’ प्रणालीका आधारमा कार्य विभाजन गर्ने बताउँदै आएको छ । सङ्गठनलाई थप सुदृढीकरण गरी गतिशील बनाउन पार्टीका सबै तहका नेतालाई व्यवस्थापन गर्न ‘एक पद एक व्यक्ति’को अवधारणा कार्यान्वयन गर्न लागिएको नेता सोमप्रसाद पाण्डेले जानकारी दिए ।

पार्टी संरचनामा कार्य विभाजन गर्न अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसालसहित सात पदाधिकारीको कार्यदल गठन गरिएको थियो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।