
मंसिर १, काठमाण्डौ ।

पाकिस्तानसँगको दोश्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा अस्ट्रेलिया १३ रनले विजयी भएको छ । योसँगै अस्ट्रेलियाले तीन खेलको शृङ्खला २–० ले जितेको छ । अस्ट्रेलियाले दिएको एक सय ४८ रनको लक्ष्य पछ्याएको पाकिस्तान १९ ओभर चार बलमा एक सय ३४ रनमा अलआउट भयो ।
पाकिस्तानका उसमान खानले सर्वाधिक ५२ रन बनाए । यस्तै इरफान खानले अविजित ३७ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । अस्ट्रेलियाका स्पेन्सर जोनसनले पाँच विकेट लिए । यस्तै एडम जम्पाले दुई विकेट लिए ।
यसअघि घरेलु मैदान सिड्नीमा टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ४७ रन बनाएको थियो । अस्ट्रेलियाका लागि ओपनर ब्याटर मेथ्यु सर्टले सर्वाधिक ३२ रन बनाए । पाकिस्तानका हरिस रउफले चार विकेट लिए । यस्तै अब्बास अफ्रिदीले तीन र सुफियान मुकीमले दुई विकेट लिए ।
अस्ट्रेलिया र पाकिस्तानबीचको टी–२० शृङ्खलाको तेस्रो तथा अन्तिम खेल आउँदो सोमवार हुनेछ । यसअघि भएको पहिलो टी–२० शृङ्खलाम अस्ट्रेलियाले पाकिस्तानलाई २९ रनले हराएको थियो । टी–२० शृङ्खलाअघि भएको तीन खेलको एकदिवसीय शृङ्खला पाकिस्तानले २–१ ले जितेको थियो ।
Related

अन्य समाचार
नेमकिपाले ५९ जिल्लाको १२० निर्वाचन क्षेत्रमा दियो उम्मेदवारी, ५३ महिला उम्मेदवार
भक्तपुरका दुई निर्वाचन क्षेत्रमा ५७ जनाको उम्मेदवारी, क्षेत्र नं. १ मा प्रेम सुवाल र क्षेत्र नं. २ महेश बस्नेत पुरानै अनुहार दोहरिए
स्वास्थ्य मन्त्री किरण थापादेखि स्वास्थ्य सचिव डा. गौतमसम्मका अथक प्रयास सफल : प्रदेश सरकारको ६२ करोड लागतमा बन्दै सुविधा सम्पन्न अस्पताल





