४ मंसिर, काठमाडौं ।
निर्वाचन आयोगले १६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनबारे प्रश्न, गुनासा र जिज्ञासा सुन्नका लागि कल सेन्टर सञ्चालनमा ल्याएको छ ।
आयोगले मंगलबार विज्ञप्ति जारी गर्दै १६ मंसिरमा हुने स्थानीय तहको उपनिर्वाचन प्रयोजनका लागि मतदाताका प्रश्न, गुनासा र समस्या समाधान गर्ने उद्देश्यले कल सेन्टर सञ्चालनमा ल्याएको जनाएको छ ।कल सेन्टरबाट मतदाता नामावली, निर्वाचन कार्यक्रम, उम्मेदवारी दर्ता, मतदान प्रक्रिया लगायतका सम्पूर्ण विषयमा आम मतदाता एवम् सर्वसाधारणलाई जानकारी उपलब्ध हुने आयोगले जनाएको छ ।
आयोगले मंगलबार बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुनेगरी आयोग परिसरमा निःशुल्क ९टोल फ्री० नम्बर ११०२ मा कल गरेर उपनिर्वाचनका विषयमा आफ्ना प्रश्न, गुनासा र जिज्ञासा राख्न सकिने जनाएको छ ।