हामीसँग जोडिनुहोस

गत आर्थिक वर्ष राष्ट्र बैंकको सम्पत्ति २० खर्ब ६७ अर्ब

1 मिनेट

काठमाडौँ,५ मंसिर  ।

गत आर्थिक वर्ष २०८०र८१ मा नेपाल राष्ट्र बैंकको सम्पत्ति ३०।१५ प्रतिशतले बढेको छ ।

वार्षिक प्रतिवेदनअनुसार २०८१ असारसम्म राष्ट्र बैंकको कुल सम्पत्ति २० खर्ब ६७ अर्ब २ करोड ४३ लाख ७८ हजार पुगेको छ । असार मसान्तमा कायम कुल सम्पत्तिमा लगानीको अंश ८९।२३ प्रतिशत छ । यसमा गोल्ड सर्टिफिकेटसमेत जोडिएको छ । त्यस्तै ६।३७ प्रतिशत नगद तथा नगद तथा बैंक मौज्दात र अन्य सम्पत्तिको अंश ४।४१ प्रतिशत छ ।

अघिल्लो आवको तुलनामा गत आव २०८०।८१ मा राष्ट्र बैंकले ३७।८० प्रतिशतले लगानी वृद्धि गरेको छ । यसअनुसार गत असारसम्म राष्ट्र बैंकले १८ खर्ब ४४ अर्ब ३० करोड ३८ लाख रुपैयाँ लगानी गरेको छ । राष्ट्र बैंकसँग गत असारमा १ खर्ब ३१ अर्ब ६६ करोड ४५ लाख रुपैयाँ नगद तथा बैंक मौज्दात छ ।

आर्थिक वर्ष २०८०–८१ मा नेपाल राष्ट्र बैंकको जम्मा खुद सञ्चालन आम्दानी अघिल्लो वर्षको तुलनामा १९‍‍।९० प्रतिशतले वृद्धि भई ८० अर्ब २४ करोड ४७ लाख कायम भएको छ । सञ्चालन आम्दानीमा खुद ब्याज आम्दानीको अंश ९८।८४ प्रतिशत, विदेशी विनिमय खरिद बिक्रीबाट आम्दानी ०।३२ प्रतिशत ऋणात्मक र अन्य संचालन आम्दानीको अंश १।४८ प्रतिशत रहेको छ ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।