काठमाडौँ,५ मंसिर ।
पाटन उच्च अदालत परिसरमै विष सेवन गर्न लागेपछि एक महिला पक्राउ परेकी छन्। बुधबार पाटन उच्च अदालत परिसरमा विष सेवन गर्न लागेपछि बझाङ घर भएकी रस्मिला धामी पक्राउ परेकी हुन्।
धामीमाथि आपराधिक लाभ (एक्सटर्सन) कसुरको उजुरी परेको प्रहरीले जनाएको छ।वीर अस्पताल लगेपछि उजुरीबारे अनुसन्धान हुने प्रहरीले जनाएको छ।