हामीसँग जोडिनुहोस

बागमती प्रदेशको पहिलो चौमासिकमा साढे ३ प्रतिशत मात्रै पुँजीगत खर्च

1 मिनेट

५ मंसिर, हेटौंडा ।

बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१र८२ का लागि पुँजीगततर्फ विनियोजन गरेको बजेटको पहिलो चौमासिकमा ३।५० प्रतिशत मात्रै खर्च गरेको छ ।

जबकी, गत साउनदेखि कार्तिक मसान्तसम्मको चार महिनामा चालु खर्चतर्फ विनियोजित रकमको १४ दशमलव ६५ प्रतिशत खर्च भइसकेको छ । जसमा विकास अड्डाहरूको पुँजीगत खर्च निराशाजनक देखिएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयमा विनियोजित पुँजीगत बजेटको ४ दशमलव १६ प्रतिशत मात्रै खर्च भएको छ ।

भौतिक मन्त्रालयको चालू खर्च भने १९। ३३ प्रतिशत भइसकेको छ । भौतिकमा पुँजीगततर्फ २२ अर्ब २० करोड ७५ लाख ५१ हजार र चालुतर्फ ४३ करोड ९६ लाख ७८ हजार बजेट विनियोजन गरिएको थियो ।

तत्कालीन आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले गत १ असारमा चालु आवका लागि ६४ अर्ब ५४ करोड ४ लाख रुपैयाँको बजेट विनियोजन गरेका थिए । जसमा चालु खर्चतर्फ २६ अर्ब १० करोड १६ लाख रुपैयाँ, पूँजीगततर्फ ३६ अर्ब ९३ करोड ८७ लाख रुपैयाँ र वित्तीय व्यवस्थापनतर्फ एक अर्ब ५० करोड रुपैयाँ विनियोजन गरिएको थियो । प्रदेश सरकारले आव २०८०र८१ मा ६२ अर्ब ७० करोड रुपैयाँको बजेट ल्याएको थियो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।