हामीसँग जोडिनुहोस

साफ अन्डर–२० महिला च्याम्पियनसिप बंगलादेशमा आयोजना हुने

1 मिनेट

६ मंसिर,काठमाडौं।

साफ अन्डर–२० महिला च्याम्पियनसिपको आगामी संस्करण बंगलादेशमा आयोजना हुने भएको छ।

दक्षिण एसियाली फुटबल महासंघ, साफको चौथो बैठकले उमेर समूहको दुई वटा साफ च्याम्पियनसिपको मिति र आयोजनास्थल टुंगो लगाएको हो।

ढाकामा हुने प्रतियोगिता आगामी माघ ११ गतेदेखि फागुन ७ गतेसम्म चल्नेछ। यसअघि अन्जना राना मगरको कप्तानीमा रहेको नेपाली अन्डर नाइन्टिन टिम फाइनलमा बंगलादेशसँग पराजित भएको थियो। त्यसपछि नेपाली अन्डर ट्वेन्टी टिमले भने अपेक्षित प्रदर्शन गर्न सकेन।

नेपालले अन्डर एटिन, अन्डर नाइन्टिन र अन्डर ट्वेन्टी च्याम्पियनसिपको उपाधि अहिलेसम्म जित्न सकेको छैन। यो प्रतियोगितामा नेपाल दुई पटक फाइनल पुगेको छ।

त्यसैगरी, साफ पुरुष अन्डर नाइन्टिन च्याम्पियनसिप २०८२ सालको कात्तिक १९ देखि २९ गतेसम्म हुने भएको छ। यो प्रतियोगिताको आयोजना अधिकार भारतले पाएको छ । समग्रमा १८, १९ र २० वर्षमुनिको साफ पुरुष च्याम्पियनसिपमा नेपाल दुई पटक विजेता बनिसकेको छ। अन्डर नाइन्टिनतर्फ नेपाल सन् २०१५ र अन्डर एटिनमा २०१७ मा च्याम्पियन बनेको थियो।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।