हामीसँग जोडिनुहोस

 राष्ट्रपतिले आज भारतीय सेनाध्यक्षलाई मानार्थ महारथीको चिह्न प्रदान गर्ने

1 मिनेट

काठमाडौं,६ मंसिर। 

राष्ट्रपति रामचन्द्र पौडेलले आज भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई मानार्थ महारथीको र्ज्यानी चिह्न प्रदान गर्ने भएका छन्।

नेपाल र भारतबीच सन् १९५० देखि एक–अर्को देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने  परम्परा छ।यसअघि भारतका राष्ट्रपति रामनाथ कोविन्दले नेपालका तत्कालीन प्रधानसेनापति प्रभुराम शर्मालाई २०७८ कात्तिक २४ गते भारतीय स्थलसेनाको मानार्थ महारथीको दर्ज्यानी​ चिह्न प्रदान गरेका थिए।

छिमेकी देशका सेनाबीचको यस्तो सम्मान परम्पराले सम्बन्धलाई सुमधुर बनाउन र सौहार्दता कायम राख्न एउटा महत्वपूर्ण कडीका रुपमा भूमिका खेल्ने विश्वास गरिएको छ।यसअघिका भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेलाई तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले २०७९ भदौ २० गते नेपाली सेनाको मानार्थ महारथी पद प्रदान गरेकी थिइन्।

सन् १९५० मा भारतका सेनाध्यक्ष जनरल केएम परिअप्पालाई पहिलो पटक नेपाली सेनाको मानार्थ महारथी प्रदान गरिएको थियो भने २०२६ सालमा तत्कालीन प्रधानसेनापति सुरेद्रबहादुर शाहलाई पनि पहिलो पटक भारतीय सेनाको मानार्थ महारथीबाट सुशोभित गरिएको थियो।

राष्ट्रपति कार्यालय शितलनिवासमा दिउँसो पौने २ बजे द्विवेदीलाई मानार्थ महारथीको सम्मान कार्यक्रम राखिएको राष्ट्रपति कार्यालयका प्रवक्ता सहसचिव शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्। ​

पाँचदिने औपचारिक भ्रमणका क्रममा सेनाध्यक्ष द्विवेदी बुधबार काठमाडौं आइपुगेका छन्।  त्यसअघि उनले प्रधानसेनापति अशोकराज सिग्देलसँग औपचारिक द्विपक्षीय वार्ता हुनेछ।

भेटमा दुई देशका सैनिकबिच पारस्परिक सहकार्य तथा हितका विषयमा छलफल हुने नेपाली सेनाका प्रवक्ता सहायक रथी गौरवकुमार केसीले जानकारी दिए। गत १६ असारमा सेनाध्यक्ष बनेका द्विवेदीको यो पहिलो विदेश भ्रमण हो।

काठमाडौं ओर्लिए लगत्तै द्विवेदीले पशुपतिनाथको दर्शन गरेका थिए। द्विवेदीले भोलि  प्रधानमन्त्री केपी ओली र रक्षामन्त्री मानवीर राईसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ। ​ शुक्रबारै उनले शिवपुरीस्थित सैनिक कमान्ड एन्ड स्टाफ कलेजमा शिक्षार्थीलाई सम्बोधन गर्नेछन्।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।