हामीसँग जोडिनुहोस

भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी आज स्वदेश फर्किदै

1 मिनेट

काठमाडौं,९ मंसिर ।

नेपालको औपचारिक भ्रमणमा रहेका भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी आज स्वदेश फर्किदैछन्। पाँच दिने औपचारिक भ्रमणमा गत बुधबार काठमाडौं आएका द्विवेदी आज बिहान स्वदेश फर्किन लागेका हुन्। उनी बिहान पौने १० बजे स्वदेश फर्किने कार्यतालिका रहेको छ।

बुधबार काठमाडौं आएका द्विवेदीले सोही दिन पशुपतिनाथको दर्शन गरेका थिए। बिहीबार नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्राप्त गरेका द्विवेदीले सोही दिन प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटवार्ता  गरेका थिए।  बिहीबार नै उनले हनुमान ढोका दरबार क्षेत्रको अवलोकनसमेत गरे।

शुक्रबार उनले प्रधानमन्त्री केपी शर्मा ओली र रक्षामन्त्री मानवीर राईसँग औपचारिक भेटवार्ता गरेका थिए। शनिबार उनले  मुस्ताङ जिल्लास्थित मुक्तिनाथ मन्दिरको भ्रमण गरे।

सो अवसरमा उनले मुक्तिनाथ मन्दिरमा पूजाअर्चनासहित दर्शन गरेका थिए। शनिबार नै  सेनाध्यक्ष  द्विवेदीले पोखरास्थित श्री पश्चिम पृतना मुख्यालयको भ्रमण गरेका थिए।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।