१० मङ्सिर,काठमाडौँ ।
नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएपल) को ट्रफी सार्वजनिक गरेको छ।सुनधारीस्थित धरहारा परिसरमा सोमबार प्रधानमन्त्री केपी शर्मा ओली र प्रतियोगितामा सहभागी आठ फ्रेन्चाइज टोलीका मार्की खेलाडीले संयुक्तरुपमा ट्रफी अनावरण गरे।
अनावरण पछि प्रधानमन्त्री केपी शर्मा ओलीसहतका मार्की खेलाडीले धरहराको टुप्पोमा ट्रफीसँग सामूहिक फोटो खिचाएका थिए। प्रतियोगिताको पहिलो संस्करण मंसिर १५ गतेदेखि पुष ६ गतेसम्म त्रिवि क्रिकेट मैदानमा सञ्चालन हुनेछ । प्रतियोगिताको प्रत्यक्ष प्रशारणका लागि क्यानले भारतीय टेलिभिजन स्टार स्पोर्टससँग सम्झौता गरेको छ।प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ। लिगमा कर्णाली याक्स, सुदूरपश्चिम रोयल्स, पोखरा एभेन्जर्स, जनकपुर बोल्ट्स, काठमाडौं गुर्खाज, चितवन राइनोज, विराटनगर किंग्स र लुम्बिनी लयान्सले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताको उद्घाटन खेलमा विराटनगर र जनकपुर भिड्ने छन्।