हामीसँग जोडिनुहोस

सरकारले आज सातौँ सामाजिक सुरक्षा दिवस मनाउँदै

1 मिनेट

काठमाण्डौ,११ मंसिर ।

सरकारले आज सातौँ सामाजिक सुरक्षा दिवस मनाउँदैछ । सामाजिक सुरक्षा कोषको स्थापना सामाजिक सुरक्षा (व्यवस्थापन कोष तथा सञ्चालन) नियमावली, २०६७ जारी भई यसकै आधारमा २०६७ साल चैत ७ गते भएको थियो ।

सामाजिक सुरक्षा योजनाहरुको औपचारिक शुभारम्भ भने २०७५ मङ्सिर ११ गते भएको थियो । त्यसैले कोषले मङ्सिर ११ गतेलाई सामाजिक सुरक्षा दिवसको रुपमा मनाउने गर्दछ ।

सामाजिक सुरक्षा कोषमा रोजगारदाता र स्वरोजगारहरुलाई समावेश गरेर पुग्दो र दीगो पेन्सनको सुविधा सुनिश्चित गर्ने बाटोमा अग्रसर भएको कोषका सूचना अधिकारी उत्तमराज नेपालले उज्यालोलाई जानकारी दिनुभएको छ । यस्तै सबै नेपालीलाई गुणस्तरीय स्वास्थ्य सेवामा पहुँचको दिशामा पनि कोष सफल हुँदै गइरहेको उहाँको भनाइ छ ।

दीगो र पुग्दो पेन्सन र भरपर्दो स्वास्थ्य उपचारको लागि कोषमा आबद्ध हुनुपर्ने उहाँले बताउनुभएको छ । श्रमिकको पारिश्रमिकबाट ११ प्रतिशत काट्ने र यसमा रोजगारदाताको २० प्रतिशत थपेर सामाजिक सुरक्षा कोषमा रकम जम्मा हुन्छ । यसवापत पेन्सनसहित विभिन्न सुविधा प्राप्त हुन्छ ।

पछिल्लो समय सामाजिक सुरक्षा कोषमा आबद्ध अनौपचारिक क्षेत्रका र वैदेशिक रोजगारीमा गएका श्रमिकका १८ वर्षमुनिका छोरा–छोरीलाई पनि स्वास्थ्य सुविधामा समेटिएको छ । यस्तै सामाजिक सुरक्षा कोषमा आबद्ध भएकाले वाषिर्क एक लाखसम्मको औषधि उपचार सुविधा पाउने गर्दछन् ।

कोषमा २ वर्ष योगदान गरेकालाई घातक रोग लागेमा १० लाख रुपैयाँसम्म उपचार खर्चको शोधभर्ना हुन्छ । यसैगरी सामाजिक सुरक्षा कोषमा योगदानकर्ता कामको सिलसिलामा दुर्घटना भएमा त्यसको उपचारको सम्पूर्ण खर्च सरकारले बेहोर्छ । अन्य दुर्घटनाको उपचारको ७ लाख रुपैयाँसम्म शोधभर्ना हुन्छ ।

स्थायी रुपमा अशक्त भएमा अशक्तताको अनुपातको आधारमा आधारभूत पारिश्रमिकको ६० प्रतिशतसम्म आजीवन पेन्सन पाइन्छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।