काठमाडौँ,१३ मंसिर।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपचार सेवा प्रदान गर्ने देशभरका २० वटा स्वास्थ्य संस्थाको सञ्चालन अनुमति शय्या संख्या सार्वजनिक गरेको छ।
कतिपय निजी मेडिकल कलेज तथा अस्पतालले अनुमतिविना नै धेरै शय्या सञ्चालन गरेको उजुरी तथा गुनासो समेत आएपछि मन्त्रालयले शय्या सार्वजनिक गरिदिएको बताइएको छ। अस्पतालमा शय्या पर्याप्त मात्रामा हुँदा पनि विरामीले भर्ना भएर उपचार नपाइने गुनासो बढेपछि मन्त्रालले देशभरका केही निजी ठूला अस्पताल र दुइवटा सरकारी अस्पतालको शय्या सार्वजनिक गरेको हो।
मन्त्रालयले सार्वजनिक गरेका स्वास्थ्य संस्थाहरूमा १८ वटा निजी अस्पताल र दुईवटा सरकारी अस्पतालहरू छन्।
नागरिकको उपचारका लागि टर्सरी लेभलका कति अस्पताल छन र उनीहरूको शय्या क्षमता कति छ भन्ने जानकारी दिनका लागि ठूला अस्पतालहरूको शय्या सार्वजनिक गरेको मन्त्रालयले जनाएको छ।