हामीसँग जोडिनुहोस

प्रधानमन्त्री ओलीको चीन भ्रमणको कार्यक्रम सार्वजनिक

1 मिनेट

१४ मंसिर,काठमाडौं।

परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको कार्यक्रम सार्वजनिक गरेको छ।मन्त्रालयले शुक्रबार प्रेस वक्तव्य जारी गर्दै प्रधानमन्त्रीले डिसेम्बर २ देखि ५ (मंसिर १७ देखि २० गते) सम्म जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण गर्न लागेको जनाएको छ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चिनिया राष्ट्रपति सी जिनपिङसँग शिष्टाचार भेट गर्नेछन्। समकक्षी ली छ्याङसँग प्रधानमन्त्री ओलीले पारस्परिक हितका विविध विषयमा द्विपक्षीय वार्ता गर्ने मन्त्रालयले जनाएको छ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले पेकिङ विश्वविद्यालयमा सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्रले उल्लेख गरेको छ।भ्रमण टोलीमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, परराष्ट्र मन्त्री आरजु राणा देउवाप्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालआर्थिक सल्लाहकार युवराज खतिवडाप्रतिनिधिसभा सदस्यहरूउच्चपदस्थ सरकारी अधिकारीलगायत निजी क्षेत्रका प्रतिनिधि र संचारकर्मीहरु सहभागी रहनेछन्।

प्रधानमन्त्री नेतृत्वको टोली मंसिर २० गते स्वदेश फर्कनेछ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।