हामीसँग जोडिनुहोस

एनपीएलमा विराटनगरको लगातार दोस्रो हार, सुदूरपश्चिमसँग ९० रनले पराजित

1 मिनेट

काठमाण्डाै,१८ मंसिर ।

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले विराटनगर किङ्ग्सलाई ९० रनले हराएको छ ।

सुदूरपश्चिमले दिएको १ सय ८३ रनको लक्ष्य पछ्याएको विराटनगर १६ ओभर १ बलमा ९२ रनमा अलआउट भयो । विराटनगरका बसिर अहमदले सबैभन्दा धेरै २४ रन बनाए । सुदूरपश्चिमका अभिनाश बोहरा र स्कट कुगेलेनले ३/३ विकेट लिए ।

यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिम रोयल्सले २० ओभरमा ७ विकेट गुमाएर १ सय ८२ रन बनायो । सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले नटआउट ५७ रन बनाए । विराटनगर किङ्ग्सका अनिल खरेलले ३ विकेट लिए ।

प्रतियोगितामा विराटनगरको यो लगातार दोस्रो हार हो । विराटनगर पहिलो खेलमा जनकपुर बोल्ट्सँग पराजित भएको थियो । सुदूरपश्चिमले भने जीतसँगै प्रतियोगिताको शुरुआत गरेको छ ।

एनपीएलमा आजै दोस्रो खेलमा अहिले दिउँसो १ बजे चितवन राइनोज र पोखरा एभेन्जर्स खेल्दैछन् ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।