हामीसँग जोडिनुहोस

आइतवार र सोमवार पानी पर्ने,सतर्कता अपनाउन आग्रह

1 मिनेट

२१ मंसिर,काठमाण्डौ।

आइतवार र सोमवार पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद रोजन लामिछानेका अनुसार पश्चिमी वायुको असरले आइतवार र सोमवार हल्का पानी पर्ने सम्भावना छ । विशेषगरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा हल्का पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो ।

आज पनि कोशी प्रदेशको पहाडी भू–भागको एक–दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा कोशी  र बाग्मती प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहेको महाशाखाले निकालेको मौसम बुलेटिनमा उल्लेख छ । अहिले गण्डकी र लुम्बिनी प्रदेशका पहाडी, तराई र उपत्यकाका केही ठाउँमा हुस्सु लागेको छ ।

आउँदो २४ घण्टामा कोशी प्रदेशका पहाडी भू–भागका एक–दुई ठाउँमा वर्षाको साथै भोलि बिहान तराई तथा उपत्यका  धेरै ठाउँहरुमा हुस्सु र केही ठाउँहरुमा कुहिरोको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।