हामीसँग जोडिनुहोस

एनपीएलमा लुम्बिनी लायन्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदै

1 मिनेट

काठमाण्डौ,२५ मंसिर।

नेपाल प्रिमियर लिग (एनपीएल) को आजको पहिलो खेलमा लुम्बिनी लायन्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदै छ। त्रिवि क्रिकेट मैदानमा यो खेल बिहान ९ बजे शुरू हुनेछ। लुम्बिनी, जारी प्रतियोगितामा अहिलेसम्म जितविहीन एक मात्र टोली हो।  रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी लगातार पाँचौं हार टार्ने लक्ष्यमा छ। यदि यो खेलमा पराजित भए, लुम्बिनी लिग चरणबाटै बाहिरिनेछ।

त्यसैले शीर्ष चारको सम्भावना जीवितै राख्न पनि यो खेल जित्नै पर्ने दबाब छ। यसअघिको खेलमा लुम्बिनी, जनकपुर बोल्ट्ससँग जित नजिक पुगेर पनि एक रनले स्तब्ध भएको थियो। रोहितको व्यक्तिगत प्रदर्शन राम्रो भए पनि आरिफ शेख, विवेक यादव, सन्दीप जोरा, बेन कटिङ फर्ममा नहुँदा लुम्बिनी संकटमा छ।

यता कुशल मल्लको कप्तानीमा रहेको चितवनले आफ्ना चार खेलमध्ये केवल एकमा मात्र हार बेहोरेको छ। अघिल्लो खेलमा अपराजित रहेको सुदूरपश्चिम रोयल्सलाई हराएर चितवनको मनोबल झनै उच्च भएको छ।

रवि बोपारा, कुशल, हसन इसाखिलले ब्याटबाट योगदान दिइरहँदा सोहेल तन्विर र रिजन ढकालले पेस बलिङको जिम्मेवारी सम्हालेका छन्। चितवन, तालिकाको शीर्ष स्थानमा रहेको जनकपुरसँग अंक बराबरी गर्न चाहन्छ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।