हामीसँग जोडिनुहोस

एनपीएलमा सुदूरपश्चिम रोयल्सविरूद्ध जनकपुर बोल्ट्स ७२ रनले पराजित

1 मिनेट

काठमाडौं,२६ मंसिर ।

नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सविरूद्ध जनकपुर बोल्ट्सले लज्जास्पद हार व्यहोरेको छ।टीयु क्रिकेट मैदानमा सुदूरपश्चिमविरुद्ध जनकपुरका कप्तान अनिलकुमार शाहले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका थिए। सुरूमा ब्याटिङमा आएको सुदुरले ९ विकेट गुमाएर १२३ रन बनाएको थियो।

१२४ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको जनकपुरले पावरप्लेमा ५ विकेट गुमायो।  जनकपुर १२ ओभरमा सबै विकेट गुमाएर अलआउट हुँदै जम्मा ५१ बनाउँदा सुदुरसँग ७२ रनले पराजित भएको हो।

जनकपुरका लागि जोसुया ट्रम्प १३,  लाहिरू मालिन्था  सात,  हर्ष ठाकर पाँच, जेम्स निसम, ललित राजवंशी, आशिफ शेख समान चार, अर्निको यादव एक,  कप्तान अनिल साह, शुभ कन्सकार र शेर मल्ल शून्यमा आउट भए। सुदुरका लागि हर्मित सिंह, इसान पाण्डे र दिपेन्द्रसिंह ऐरी समान दुई, स्कट कुगेलेइन,  सैफ जेव, र नरेन साउदले एक विकेटले लिए।

जनकपुरका किशोर महतोले १७ ओभरमा तीन विकेट र १९ ओभरको पहिलो बलमा थप एक विकेट लिएपछि  सुदुरपश्चिम सस्तैमा समेटिएको थियो।जनकपुर यो खेलमा जित निकालेमा २ खेल अगावै प्लेअफमा आफ्नो स्थान सुरक्षित बनाउन चाहन्थ्यो। जनकपुर ४ खेलमा ४ जितसहित पहिलो र सुदूरपश्चिम ३ जितसहित दोस्रो स्थानमा छन्।

सुदुरका लागि विनोद भण्डारी ३३, सैफ जेव २१, ब्राण्डेन  म्याकलेन ११, स्कट कुगेलेइन ७,  आरिफ शेख ६, नरेन साउद तीन, हर्मित सिंह एक, दिपेन्द्रसिंह ऐरी शून्यमा आउट भए।  नरेश बुढायर ९ र अविनास बोहरा २ रनमा अविजित रहेका थिए।जनकपुरका लागि शेर मल्ल र अर्निको यादव समान दुई दुई, हर्ष थाकरले एक विकेट लिए।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।