
मंसिर २९ गते, काठमाडौ ।

सोलुखुम्बु स्थाई घर भई हाल काठमाडौ उपत्यकामा बसोबास गर्दै आएका थुलुङ राईहरुको संस्था, थुलुङ राई सहजीकरण सोलुखुम्बुको विशेष साधारण सभासम्पन्न भएको छ ।
थुलुङ दुधकोशी गाँउपालिकाका अध्यक्ष असिम राईको प्रमुख आतिथ्यतामा काठमाडौ स्थिति सुकेधाराको नवदुर्गा पार्टि प्यालेसमा उक्त कार्यक्रम सम्पन्न भएको हो । उक्त विशेष साधारण सभाले विधान संसोदन गरेर पासाङ दोर्जे राईको नेतृत्वमा नवगठित कार्यसमितिलाई अनुमोदन समेत गरेको छ ।
कार्यसमितिमा अध्यक्षमा पासाङ दोर्जे राई उपाध्यक्षमा नरबहादुर राई ,सचीबमा भाइकाजी राई ,सहसचिव सर्जन राई , कोषाध्यक्षमा छिरीङ राई ,सदस्यहरुमा ललिता राई, चन्द्रकला राई, रुद्र बहादुर राई, चित्रमणी राई, नरेन्द्र राई, चन्द्र बहादुर राई रहेका छन ।
संस्था स्थापना काल भन्दा अगाडि देखिनै संस्थाले विभिन्न सामाजिक गतिविधिहरु गरिरहेको सचिव अध्यक्ष पासाङ दोर्जे राईले बताए । सार्थै स्थापनाको छोटो कालमा नै संस्थाले वृक्षारोपन, सरसफाई, असाहायहरुलाई खाना पानी बितरण जस्तो काम गरेको र निरन्तर गरिरहने संस्थाका सचीब भाईकाजी राईले जानकारी दिए ।
Related

अन्य समाचार
नेमकिपाले ५९ जिल्लाको १२० निर्वाचन क्षेत्रमा दियो उम्मेदवारी, ५३ महिला उम्मेदवार
भक्तपुरका दुई निर्वाचन क्षेत्रमा ५७ जनाको उम्मेदवारी, क्षेत्र नं. १ मा प्रेम सुवाल र क्षेत्र नं. २ महेश बस्नेत पुरानै अनुहार दोहरिए
स्वास्थ्य मन्त्री किरण थापादेखि स्वास्थ्य सचिव डा. गौतमसम्मका अथक प्रयास सफल : प्रदेश सरकारको ६२ करोड लागतमा बन्दै सुविधा सम्पन्न अस्पताल





