हामीसँग जोडिनुहोस

 नेपाललाई हराउँदै बङ्गलादेश १९ वर्षमुनिकाे एशिया कप क्रिकेटकाे फाइनलमा

1 मिनेट

काठमाडौँ,५ पुष ।

नेपाललाई हराउँदै बङ्गलादेश १९ वर्षमुनिकाे एशिया कप क्रिकेटकाे फाइनलमा पुगेकाे छ । आज भएकाे ‘सुपर–फाेर’ काे खेलमा बङ्गलादेशले नेपाललाई ९ विकेटले हरायाे ।

नेपालले दिएकाे ५५ रनकाे मध्यम लक्ष्य बङ्गलादेशले ९ ओभर ५ बलमा १ विकेट गुमाएर भेटायाे । बङ्गलादेशकी फहाेमिदा चाेयाले नटआउट २६ रन बनाइन् । नेपालकी कुसुम गाेदारले १ विकेट लिइन् ।

यसअघि मलेसियाको क्वालालम्पुरमा रहेको बायोमास ओभलमा टस हारेर ब्याटिङ गरेकाे नेपालले ११ ओभरमा ८ विकेट गुमाएर ५४ रन बनायाे । नेपालकी सावित्री धामीले ११, कप्तान पूजा महतो ९, एलिशा यादवले ८ रन बनाए । नेपालका चार जना खेलाडी रन आउट भए । बङ्गलादेशकी फर्जना इम्सिन, अनिसा अख्तेर, फहाेमिदा चाेया र हबिबा इस्लामले १/१ विकेट लिए । वर्षाले खेल प्रभावित भएपछि खेल ११ ओभरमा झारिएकाे थियाे ।

बङ्गलादेश ‘सुपर–फाेर’ मा दाेस्राे स्थानमा रहेर फाइलनमा पुगेकाे हाे । अब बङ्गलादेशले उपाधिका लागि फाइनलमा भारतसँग खेल्नेछ । आज बिहान भएकाे ‘सुपर–फाेर’ काे खेलमा श्रीलङ्कालाई हराउँदै भारत शीर्ष स्थानमा रहेर फाइनलमा पुगेकाे हाे । फाइनल खेल पर्सि आइतवार हुनेछ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।