हामीसँग जोडिनुहोस

आइसिसी यू–१९ महिला विश्वकप २०२५ का लागि नेपाली राष्ट्रिय टोली घोषणा

1 मिनेट

काठमाडौं,२१ पुष।

नेपाल क्रिकेट संघ (क्यान) ले आइसिसी यू–१९ महिला विश्वकप २०२५ का लागि नेपाली राष्ट्रिय टोली घोषणा गरेको छ।

नेपाली टोलीको कप्तानी पूजा महतोले गर्दैछिन् भने उपाकप्तानमा सोनी पाख्रिन छिन्।  यस्तै सना प्रवीण, ज्योत्स्निका मरासिनी, कुसुम गोदार, अलिशाकुमारी यादव, सावित्री धामी, तिर्सना विक, किरण कुँवर, रिया शर्मा,  रचना चौधरी, सीमाना केसी, स्नेहा महरा, अनु कडायत, कृश्मा गुरुङ रहेका छन्।

मलेसियामा माघ ५ गतेदेखि हुने विश्वकपमा नेपाल समूह ‘डी’ मा छ।

समूहमा नेपालसँगै अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्ड छन्। विश्वकपमा चार समूहका १६ टोली समूह चरणमा भिड्नेछन्। समूहका शीर्ष दुई टोली अन्तिम आठमा पुग्नेछन्।

नेपालले पहिलो खेल बंगलादेशसँग माघ ५ गते खेल्नेछ। सो खेल मलेसियाको बांगीमा हुनेछ। दोस्रो खेल माघ ७ गते स्कटल्यान्ड र तेस्रो खेल माघ ९ गते अस्ट्रेलियाविरूद्ध हुनेछ।

नेपाली महिला क्रिकेट टोली यतिबेला टोलीले करिब १० दिनयता चितवनस्थित निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा अभ्यास गरिरहेको छ।
विश्वकप क्रिकेट माघ ५ देखि २० सम्म मलेसियामा हुँदैछ । प्रतियोगिताका लागि नेपाली टोली पुस २७ मा मलेसियातर्फ जाने तालिका छ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।