हामीसँग जोडिनुहोस

एमाले केन्द्रीय समिति बैठकमा प्रधानमन्त्री ओलीद्वारा ४७ पृष्ठ लामो प्रतिवेदन पेस

1 मिनेट

काठमाडौं,२१ पुष ।

पार्टी कार्यालय च्यासलमा आइतबारदेखि सुरु भएको नेकपा एमालेको केन्द्रीय समिति बैठकमा प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीले ४७ पृृष्ठ लामो राजनीतिक प्रतिवेदन पेस गरेका छन् ।

प्रतिवेदनमा सरकार गठनयताको ६ महिनाको समीक्षा गरिएको छ । त्यसमा सरकारले केही महत्त्वपूर्ण उपलब्धिहरू हासिल गरेको उल्लेख छ ।

नयाँ सरकार बनेपछि एमालेको पहिलो केन्द्रीय समिति बैठक बस्न लागेका हुनाले नेपाली कांग्रेससँग किन नयाँ सहकार्य सुरु गर्नुर्पयो भन्नेबारेमा पनि प्रतिवेदनमा विश्लेषण गरिएको छ ।

प्रतिवेदनमा पछिल्लो समसामयिक राजनीति, सरकार गठन भएपछिको ६ महिने समीक्षा, सरकार सञ्चालन, अर्थतन्त्र लगायतका विषयमा उल्लेख गरिएको छ ।

ओलीले नेपाली कांग्रेससँग थालिएको नयाँ राजनीतिक कोर्सको समीक्षा गरेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार बनेको भोलिपल्टदेखि नै पुरानै चरित्र देखाउन थालेपछि सरकारबाट बाहिरिएको ओलीले प्रतिवेदनमा लेखेका छन् ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।