काठमाडौँ,२४ पुष ।
चीनको स्वशासित क्षेत्र तिब्बतमा गएको भूकम्पमा परी १२६ जनाको मृत्यु भएको छ।
नेपालको उत्तरपूर्वी सीमानजिकै चीनको सिचाङ स्वशासित क्षेत्रको डिङ्ग्री काउन्टी केन्द्र भएर गएको भूकम्पमा अहिलेसम्म मृत्यु हुनेको संख्या १२६ पुगेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्।
त्यहाँको स्थानीय समयअनुसार बिहान ९ बजेर ५ मिनेट जाँदा ७ म्याग्निच्युडको भूकम्प गएको हो। उक्त भूकम्पमा परेर झण्डै २०० जना घाइते भएका जनाइएको छ।