हामीसँग जोडिनुहोस

 एमाले सांसद ऋषिकेशका पूर्वस्वकीयले गरे प्रहरीसमक्ष आत्मसमर्पण

1 मिनेट

२५ पुस,काठमाडौँ ।

 एमाले सांसद तथा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्व स्वकीय सचिव अनिल पोखरेलले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन्।

ठगी गरी आपराधिक लाभ लिएको आरोपमा पुस २२ गते पक्राउ पुर्जी जारी भएपछि पोखरेल फरार थिए।

आज बिहान आफैँ प्रहरीमा आत्मसमर्पण गर्न पुगेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी वेद जोशीले जानकारी दिए। उनलाई आजै अदालत लैजाने तयारी छ। एमाले मोरङका सदस्य समेत रहेका अनिलमाथि एमबिबिएस परीक्षामा पास गराइदिने भन्दै ठगी गरेको आरोप छ।

सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका–५ बकधुवाका बौवालाल चौधरीसँग उनले परीक्षामा नाम निकाल्न ३८ लाख ८० हजार रुपैयाँ लिएको जाहेरी परेपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो।

सांसद पोखरेलले भने प्रश्न उठेपछि अनिललाई गत शुक्रबार स्वकीय सचिवबाट निलम्बन गरेका थिए। सहकारी ठगीमा पक्राउ पुर्जी जारी भइ फरार रहेकी पोखरेलपत्नी अञ्जला कोइराला भने हिजो अदालतमा उपस्थित भइ १० लाख धरौटी बुझाएर रिहा भइसकेकी छिन्।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।