हामीसँग जोडिनुहोस

रवि लामिछाने आज काठमाडौं अदालतमा उपस्थित हुने

1 मिनेट

काठमाडौं,२६ पुष। ​

कास्कीको पोखरास्थित सूर्यदर्शन सहकारीको बचत अपचलन मुद्दामा धरौटीमा रिहा भएका रास्वपाका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने शुक्रबार काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने भएका छन्। ​लामिछानेविरूद्ध काठमाडौंमा पनि सहकारीसम्बन्धी अर्को मुद्दा रहेकाले उनी अदालतमा उपस्थित हुन लागेका हुन्।

कास्की जिल्ला अदालतको आदेश अनुसार ६५ लाख रुपैयाँ धरौटी बुझाएर उनी प्रहरीको हिरासतबाट रिहा भएका थिए। बिहीबार अदालतबाट छुटेपछि प्रहरीले अस्पतालमा स्वास्थ्य परीक्षण गराएर उनलाई परिवारको जिम्मा लगाएको थियो।

उनीसँगै मुद्दाका ६ प्रतिवादी धरौटी बुझाएर रिहा भएका छन्। छविलाल जोशी, लीला पछाईँ, रामबहादुर खनाल, कृष्णबहादुर गुरूङ र आरती गुरूङ धरौटी रकम बुझाएर रिहा भएको कास्की जिल्ला अदालतले जनाएको छ। धरौटी रकम बुझाउन नसकेपछि  प्रतिवादी लीला पछाईँ भने हिरासतमै रहेको अदालतका श्रेस्तेदार राजन खनालले जानकारी दिए।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।