हामीसँग जोडिनुहोस

पहिलो पटक टी–२० विश्वकप खेल्न लागेको १९ वर्षमुनिको महिला टोली आज मलेसिया जाँदै

1 मिनेट

काठमाडौं,२७ पुष।

पहिलो पटक टी–२० विश्वकप खेल्न लागेको १९ वर्षमुनिको महिला टोली आज मलेसिया जाँदैछ । टोली दिउँसो त्यसतर्फ प्रस्थान गर्ने नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ ।

१९ वर्षमुनिको आईसीसी महिला टी–२० विश्वकप क्रिकेट खेल्न मलेसिया जाने नेपाली टोलीलाई हिजो बिदाइ गरिएको थियो । गएको महिना भएको १९ वर्षमुनिको एशिया छनोटमा च्याम्पियन बन्दै नेपालले पहिलो पटक विश्वकपमा स्थान बनाएको हो ।

१९ वर्षमुनिको महिला टी–२० विश्वकप आउँदो जनवरी १८ तारिख अर्थात् माघ ५ गतेदेखि फेब्रुअरी २ तारिख अर्थात् माघको २० गतेसम्म चल्नेछ ।

प्रतियोगितामा १६ वटा टोलीलाई चार समूहमा विभाजन गरिएको छ । नेपाल रहेको समूह ‘डी’ मा अस्ट्रेलिया, बङ्गलादेश र स्कटल्यान्ड छन् । नेपालले पहिलो खेलमा माघ ५ गते बङ्गलादेशसँग खेल्नेछ ।

यस्तै नेपालले दोस्रो खेलमा माघ ७ गते स्कटल्यान्डसँग र तेस्रो खेलमा माघ ९ गते अस्ट्रेलियासँग खेल्ने तालिका छ ।

हरेक समूहको शीर्ष तीन टोली सुपर सिक्समा पुग्नेछन् । यो विश्वकपमा सुपर सिक्समा पुग्ने लक्ष्य रहेको कप्तान पूजा महतोले बताएकी छन् । क्यानले महतोको कप्तानीमा यसअघि नै १५ सदस्यीय टोली घोषणा गरिसकेको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।