हामीसँग जोडिनुहोस

नेपाल कबड्डी लिग (एनकेएल) को खेल तालिका सार्वजनिक

1 मिनेट

काठमाडौं,२७ पुष।

नेपाल कबड्डी लिग (एनकेएल) को खेल तालिका सार्वजनिक गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्को कर्भडहल, त्रिपुरेश्वरमा आउँदो माघ ४ गते हुने उद्घाटन खेलमा काठमाण्डौ माभरिक्स र पोखरा लेकर्सबीच प्रतिस्पर्धा हुनेछ ।

एस्ट्रोनिक्स म्यानेजमेन्टले आयोजना गरेको नेपाल कबड्डी लिगमा काठमाण्डौ, पोखरा, बुटवल, विराटनगर, धनगढी र जनकपुर गरी ६ वटा शहरका टोलीले प्रतिस्पर्धा गर्दैछन् ।

खेल बेलुका साढे ५ र साढे ६ बजे हुनेछन् । राउन्ड रोबिन लिगमा १५ खेल हुने छन् । शीर्ष चार टोली अर्को चरणमा प्रवेश गर्नेछन् । लिगका शीर्ष दुई टोलीले माघ १४ गते क्वालिफायर एक खेल्नेछ, जसको विजेता सीधै फाइनलमा पुग्नेछ ।

त्यसैगरी लिगमा तेस्रो र चौथो स्थानमा रहने टोलीले माघ १४ गते नै इलिमिनेटरमा खेल्नेछ, जसको विजेता क्वालिफायर दुईमा पुग्नेछ ।

क्वालिफायर एकमा पराजित हुने टोली र इलिमिनेटरको विजेताबीच माघ १६ गते हुने क्वालिफायर दुईमा जित्ने टोली फाइनलमा पुग्नेछ । फाइनल खेल माघ १८ गते हुनेछ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।