हामीसँग जोडिनुहोस

राष्ट्रपति पौडेलद्वारा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण

1 मिनेट
पृथ्वी जयन्तीका अवसरमा शनिबार सिंहदरवारको पश्चिमगेट अगाडी रहेको नेपाल एकीकरणका प्रणेता पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्दै राष्ट्रपति रामचन्द्र पौडेल । तस्बिर : किरणराज बिष्ट /रासस

काठमाडौं,२७ पुष।

राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वीनारायण शाहको शालिकमा श्रद्धाञ्जली अर्पण गरेका छन्।

३०३ औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा देशकै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको पश्चिम ढोकाअगाडि रहेको पृथ्वीनारायणको सालिकमा उनले श्रद्धाञ्जली अर्पण गरेका हुन्।

यो अवसरमा नेपाली सेनाले सम्मान गारत अर्पण गरेको थियो।पृथ्वीनारायण शाहको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ ।  विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो । विसं १७९९ चैत २५ गते पृथ्वीनारायण राजा भएका थिए त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो । पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा बिस्तार गर्न उनी सफल भएका थिए ।  पृथ्वीनारायणको शेषपछि उनका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई बिस्तार गरेको इतिहास छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।