
सिन्धुपाल्चोक, २९ पुस । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल सिन्धुपाल्चोकको सुकुटे पुग्नुभएको छ ।

माघ १ गतेदेखि ५ गतेसम्म सञ्चालन हुने ८ औं पुरुष र ७ औं महिला राष्ट्रिय वीच भलिबल प्रतियोगिताको उद्घाटन कार्यक्रमका लागि उहाँ आज सुकुटे आइपुग्नुभएको हो ।
दाहाल भोलिसम्म सिन्धुपाल्चोकमै रहने कार्यक्रम छ । पहिलो पटक नेपालमा हुन लागेको यस प्रकारको राष्ट्रिय स्तरको वीच भलिबल प्रतियोगिताले सुकुटे क्षेत्रको पर्यटन र खेलकुद क्षेत्रलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ । दाहालसँगै अग्नी सापकोटा, माधव सापकोटा लगायत माओवादीका नेताहरूपनि सुकुटे पुग्नुभएको छ ।

Related

अन्य समाचार
वागमती प्रदेशका मुख्यमन्त्री ईन्द्र बानियाँले आज भक्तपुर अस्पतालको अवलोकन
एउटै मञ्चमा सांगीतिक प्रस्तुती दिदै चर्चित गायकद्धय प्रमोद खरेल र दुर्गेश थापा
भक्तपुरमा जारी महोत्सवले उल्लेखनीय सफलता हासिल गरेको छ। सल्लाघारी मा सञ्चालन भइरहेको ‘दशौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव–२०८२/०८३’मा हालसम्म एक लाखभन्दा बढी दर्शक तथा उपभोक्ताको आगमन भएको छ भने ५० लाख रुपैयाँभन्दा बढीको कारोबार






