
काठमाडौं,३ माघ।

नेपाल बार एशोसिएशनले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि जिल्ला अदालत काठमाडौं परिसरमा आक्रमण गर्ने व्यक्तिको पहिचान गरी कारबाही गर्न माग गरेको छ ।
बार एशोसियसनले बिहीबार प्रेस विज्ञप्ति जारी गरेर बुधबार सहकारी पीडितको पक्षमा वकालत गरेर बाहिरिने क्रममा त्रिपाठीमाथि कुटपिट गर्ने व्यक्तिको पहिचान गरी कारबाही गर्न माग गरेको हो ।
‘वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि गाली गलौज गरी सांघातिक आक्रमणमा संलग्न व्यक्तिहरुको पहिचान गरी अविलम्ब कानूनी दायरामा ल्याई कारबाही गर्न र कानून व्यवसायीको व्यवसायिक सुरक्षाको प्रत्याभूतिका लागि नेपाल बार एशोसिएशन नेपाल सरकार तथा सम्बन्धित निकायको गम्भिर ध्यानाकर्षण गराउँदछ,’ महासचिव अधिवक्ता अन्जिता खनालद्वारा जारी विज्ञप्तिमा लेखिएको छ ।
सहकारी ठगी प्रकरण सम्बन्धी मुद्धामा बुधबार बहस सकेर निस्कँदै गर्दा काठमाडौं जिल्ला अदालत बाहिर अधिवक्ता त्रिपाठीमाथि हातपात भएको थियो ।
Related

अन्य समाचार
वागमती प्रदेशका मुख्यमन्त्री ईन्द्र बानियाँले आज भक्तपुर अस्पतालको अवलोकन
एउटै मञ्चमा सांगीतिक प्रस्तुती दिदै चर्चित गायकद्धय प्रमोद खरेल र दुर्गेश थापा
भक्तपुरमा जारी महोत्सवले उल्लेखनीय सफलता हासिल गरेको छ। सल्लाघारी मा सञ्चालन भइरहेको ‘दशौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव–२०८२/०८३’मा हालसम्म एक लाखभन्दा बढी दर्शक तथा उपभोक्ताको आगमन भएको छ भने ५० लाख रुपैयाँभन्दा बढीको कारोबार






