हामीसँग जोडिनुहोस

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न बारको माग

1 मिनेट

काठमाडौं,३ माघ।

नेपाल बार एशोसिएशनले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि जिल्ला अदालत काठमाडौं परिसरमा आक्रमण गर्ने व्यक्तिको पहिचान गरी कारबाही गर्न माग गरेको छ ।

बार एशोसियसनले बिहीबार प्रेस विज्ञप्ति जारी गरेर बुधबार सहकारी पीडितको पक्षमा वकालत गरेर बाहिरिने क्रममा त्रिपाठीमाथि कुटपिट गर्ने व्यक्तिको पहिचान गरी कारबाही गर्न माग गरेको हो ।

‘वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि गाली गलौज गरी सांघातिक आक्रमणमा संलग्न व्यक्तिहरुको पहिचान गरी अविलम्ब कानूनी दायरामा ल्याई कारबाही गर्न र कानून व्यवसायीको व्यवसायिक सुरक्षाको प्रत्याभूतिका लागि नेपाल बार एशोसिएशन नेपाल सरकार तथा सम्बन्धित निकायको गम्भिर ध्यानाकर्षण गराउँदछ,’ महासचिव अधिवक्ता अन्जिता खनालद्वारा जारी विज्ञप्तिमा लेखिएको छ ।

सहकारी ठगी प्रकरण सम्बन्धी मुद्धामा बुधबार बहस सकेर निस्कँदै गर्दा काठमाडौं जिल्ला अदालत बाहिर अधिवक्ता त्रिपाठीमाथि हातपात भएको थियो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।