हामीसँग जोडिनुहोस

इजरायल र हमास लडाकु समूहबीच गाजामा भएको युद्धविरामको पहिलो चरण आजदेखि लागू हुँदै

1 मिनेट

काठमाडौं,६ माघ।

इजरायल र हमास लडाकु समूहबीच गाजामा भएको युद्धविरामको पहिलो चरण आजदेखि लागू हुँदैछ । इजरायल र प्यालेस्टिनी लडाकू समूह हमासबीच भएको पछिल्लो युद्धविरामको सहमति कार्यान्वयनको चरण शुरु भएको हो । पहिलो चरणमा छ हप्ताभित्र हमासले महिला, बालबालिका, वृद्धवृद्धा र घाइतेसहित ३३ जनालाई क्रमशः रिहा गर्ने र त्यसको सट्टामा इजरायलले प्यालेस्टिनी बन्दी मुक्त गर्ने सहमति भएको छ ।

मध्यस्थकर्ता इजिप्टका अनुसार युद्धविरामको पहिलो चरणमा ३३ इजरायली बन्धकको बदलामा एक हजार आठ सय ९० जना प्यालेस्टाइनी बन्दी रिहा गर्ने तयारी छ । तर इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इजरायलले हमाससँग ‘आवश्यक भएमा’ लडाइँ फेरि शुरु गर्ने अधिकार सुरक्षित राखेको बताउनुभएको बीबीसीले उल्लेख गरेको छ ।

हमास लडाकु समूहले सन् २०२३ को अक्टोवर ७ तारिखमा इजरायलमा आक्रमण गरेको थियो । त्यसबेला एक हजारभन्दा धेरैले ज्यान गुमाएका थिए, दुई सय ५१ जनालाई हमासले बन्धक बनाएको थियो । यो बीचमा भएको अस्थायी युद्धविरामका बेला एक सय नौ जनालाई हमासले मुक्त गरेको थियो ।

पछिल्लो सहमतिमा पनि युद्धविरामसहित हमास र इजरायल दुवैले बन्दी रिहा गर्ने सर्त छ । नेपालका विपिन जोशीसहित तान्जानिया, थाइल्यान्ड र इजरायलका नागरिक हमासको नियन्त्रणबाट मुक्त हुन बाँकी छन् ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।