काठमाडौं,६ माघ।
नेपालले आज खोखो विश्वकपको फाइनल खेल खेल्दैछ। नेपालको खो खो खेलाडी टोलिले विश्वकप प्रतियोगिताको फाइनलमा स्थान बनाएर इतिहास बनाएका छन्।
भारतको इन्दिरा गान्धी इन्डोर रङ्गशालामा महिलातर्फको पहिलो सेमिफाइनलमा नेपालले युगान्डालाई ८९–१८ ले सहजै हरायो। यो नतिजाले नेपाली खेल क्षेत्रमा इतिहास निर्माण गरेको छ। नेपालले कुनै पनि खेलमा यसअघि विश्वकपको उपाधि भिडन्तमा स्थान बनाएको छैन। महिला टिमले उपलब्धि हासिल गरेको केही घन्टापछि नै नेपालको पुरुष टिमले पनि इरानलाई ७२–२० ले हराएर उपाधि भिडन्तमा स्थान बनाई नेपाली खेल समर्थकलाई दोहोरो खुसी प्रदान गर्यो।