हामीसँग जोडिनुहोस

त्रिभुवन विश्वविद्यालयबाट जारी भएको स्नातकोत्तर तहको नक्कली प्रमाणपत्रसहित एक जना पक्राउ

0 मिनेट

८ माघ, काठमाडौं ।

त्रिभुवन विश्वविद्यालयबाट जारी भएको स्नातक र स्नातकोत्तर तहको नक्कली प्रमाणपत्रसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका–५ श्रीखण्डपुर बस्ने ४८ वर्षीय विकास श्रेष्ठ रहेका छन् ।

ब्याचलर डिग्री इन बिजनेस स्टडिज र मास्टर डिग्री इन बिजनेस स्टडिजको नक्कली ट्रान्सक्रिप्ट लिएको सूचनाका आधारमा प्रहरीले त्रिभुवन विश्वविद्यालयको अभिलेखसँग रुजु गरेको थियो ।

त्रिविको अभिलेखसँग उनले लिएको प्रमाणपत्र नलिमेपछि प्रहरीले काभ्रेको धुलिखेलबाट सोमबार पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धानका तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं ल्याइएको प्रहरीको केन्द्रीय समाचार ब्यूरोले जनाएको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।