हामीसँग जोडिनुहोस

राजेन्द्र महतो अध्यक्ष रहेको राष्ट्रिय मुक्ति पार्टी निर्वाचन आयोगमा दर्ता

1 मिनेट

८ माघ, काठमाडौं ।

राजेन्द्र महतो अध्यक्ष रहेको राष्ट्रिय मुक्ति पार्टी नेपालले निर्वाचन आयोगबाट मान्यता पाएको छ ।

राष्ट्रिय मुक्ति क्रान्ति गठन गरेर अभियान चलाएका अध्यक्ष महतोले पछिल्लो समय राष्ट्रिय मुक्ति पार्टी नेपाल नामको पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए । त्यसको लामो प्रयासपछि मंगलबार पार्टी दर्ता प्रमाणपत्र पाएको पार्टीका नेता केशव झाले बताए ।राष्ट्रिय मुक्ति पार्टी नेपालले चुनाव चिह्न माछा माग गरेको थियो ।
तर निर्वाचन आयोगले ग्यास सिलिण्डर चुनाव चिह्न दिएको छ । गाढा निलो रंगको आयातकार झण्डाको मध्य भागमा तीर धनुष रहने गरी झण्डा समेत प्रदान गरिएको नेता झाले जानकारी दिए ।
स्वदेशवाद, बहुलरष्ट्रवाद र सामुदायिक समाजवादको मार्ग निर्देशक सिद्धान्त बमोजिम पार्टी अगाडि बढ्ने भएकाले पार्टीको सदस्यता लिएर सक्रियताका साथ पार्टीमा लाग्न अध्यक्ष महतोले आग्रह गरेका छन् ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।