हामीसँग जोडिनुहोस

 महिला यू–१९ टी–२० क्रिकेट विश्वकप अन्तर्गत नेपालले आज मलेसियासँग खेल्दै

0 मिनेट

काठमाडौं,११ माघ ।

महिला यू–१९ टी–२० क्रिकेट विश्वकप अन्तर्गत नेपालले आज मलेसियासँग खेल्दैछ। खेल अपराहन्न सवा १२ बजेदेखि शुरू हुनेछ।

यसअघि समुह चरणमा बाहिरिएका नेपाल र आयोजक मलेसिया १३औ देखि १६औं स्थानसम्मको प्लेअफका लागि खेल्न लागेका हुन्। त्यस्तै अर्को प्लेअफमा पाकिस्तान र सामोआ पनि खेल्दै छ।

विश्वकपको सुपर सिक्सको समुह एकमा भारत, अस्ट्रेलिया, श्रीलंका, बंगलादेश, स्कटल्याण्ड र वेस्टइण्डिज रहेका छन् भने समुह २ मा दक्षिण अफ्रिका, इङल्याण्ड, अमेरिका, नाइजेरिया, आयरल्याण्ड र न्यूजील्याण्ड रहेका छन्।

समुह डी मा रहेको नेपालले तिनै खेलमा हार बेहोरेर बाहिरिएको थियो।  मलेसियामा जनवरी १८ देखि शुरु भएको यस विश्वकपमा १६ देशले भाग लिएका छन्।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2026 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।