हामीसँग जोडिनुहोस

पत्रकार सम्मेलन : सूर्यविनायक नगरपालिकाको सुबिधा सम्पन्न भवन निर्माण सम्पन्न

2 मिनेट
भक्तपुर, ११ माघ ः सूर्यविनायक नगरपालिकाको आफ्नै कार्यालय भवन निर्माण सम्पन्न भएको छ । टंकप्रसाद आचार्य प्रतिष्ठानको भाडाको घरमा प्रशासनीक कार्यालय सञ्चालन गर्दै आएको नगरपालिकाले आउँदो सोमबार माघ १४ गतेबाट आफ्नै सुबिधा सम्पन्न भवनबाट सेवा सञ्चालन गर्ने भएको छ ।
नगरपालिकाले आज आफ्नै भवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा नगर प्रमुख वासुदेव थापाले १४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेसंगै नगरवासीलाई नयाँ भवनबाट सेवा प्रवाह गर्ने बताउनुभयो ।
पत्रकार सम्मेलनमका नगर प्रमुख थापाले भन्नुभयो, “ मैले पहिलो कार्यकालमा दुईवटा कोठाबाट नगरपालिकाको कार्यालय सञ्चालन गरेका थियौ, नयाँ नगरपालिका नयाँ मेयर भएर मैले नगरपालिकामा पद बाहाली गर्दा भाडाका दुईवटा कोठा र सरकारी दुई जना दरबन्दीसहितको कर्मचारीबाट सेवा सुरु गरेका थियौ, मेरो पहिलो कार्यकालमा सुरु भएको नयाँ भवन दोश्रो कार्यकालमा सम्पन्न भएको छ, हामीले सुविधा सम्पन्न भवन बनाएका छौँ, अब नयाँ भवनबाट सेवा प्रवाह हुन्छ ।”
उहाँले पहिलो र दोश्रो कार्यकालमा सबै नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीको सहयोगले नगरपालिकाले २ देखि १० सम्मका वडा कार्यालय भवन निर्माण गरेको, १ नं. वडाको भवन निर्माणको चरणमा रहेको, नगरपालिकाका आफ्नै भवन भएको, नगर अस्पताल सञ्चालनमा ल्याएको र ठूला सडक, पुललगायतका आयोजनाहरु सम्पन्न भएको बताउनुभयो ।
पत्रकार सम्मेलनमा नगरपालिकाका प्रवक्ता रविन्द्र सापकोटाले नयाँ भवन बाबुरत्न जेभी कन्स्ट्रक्सन कम्पनीले भ्याटबाहेक २० करोड ४१ लाख ५२ हजार रुपैयाँ बराबर रकममा निर्माण सम्पन्न गरेको बताउन्ुभयो । हालसम्म नगर कार्यपालिकाले ९९ वटा कानुनहरु बनाइसकेको नगरप्रमुख थापाले बताउनुभयो ।
पूर्णरुपमा अपाङ्गमैत्री रहेको भवन ६ रोपनी ११ आना २ पैसा ३ दाम क्षेत्रफलमा फैलिएको  कार्यालय परिसरमा भवन मात्रै ३ रोपनी एक आना क्षृत्रफलमा निर्माण भएको बताउनुभयो । नयाँ भवनमा करिब ५०० सवारी साधन अट्ने दुई तल्लाको बेसमेन्ट पार्किङ रहेको जानकारी दिदै उहाँले नवनिर्मित भवनमा दुईवटा लिफ्ट, ३०० जना अट्ने सेमिनार हल, दुई वटा वैठक कक्ष, एउटा पुस्तकालय र एउटा तालिम कक्ष रहेको बताउनुभयो । कार्यकक्षका लागि ९२ वटा कार्यालय कक्ष साथै स्तनपान कक्षसमेत रहेको प्रवक्ता सापकोटाले जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा नगरपालिकाका उपप्रमुख सरिता भट्टराई तिमिल्सिनाले नयाँ भवन वातावरण मैत्री, अपाङ्गमैत्री, बालमैत्री रहेको बताउदै आगामी ०८३ जेठ मसान्तभित्र नगरपालिकाले नगरपालिकाले बालमैत्री नगरपालिका घोषणा गर्ने लक्ष्य लिएको बताउनुभयो । उद्घाटनका दिन नगरपालिकाको घरधुरी सर्वेक्षणसहितको वालवस्तु विवरण समेटिएको पुस्तक सार्वजनिक गरिने बताउनुभयो ।
नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत तारानाथ लुइँटेलले हाल नगरपालिकाले सेवा सुविधा दिँदै आएको भवनका लागि मासिक १ लाख २० हजार रुपैयाँ भाडा तिर्ने गरेकोमा अब त्यो रकमसमेत वचत भएको बताउनुभयो । उहाँले संघीय सरकारको दुई करोड, जिल्ला समन्वय समितिको ७५ लाख लगानी भएको र बाँकी रकम नगरपालिका आफ्नै श्रोतबाट भवन निर्माण सम्पन्न गरेको बताउनुभयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।