हामीसँग जोडिनुहोस

आशिका तामाङ्लाई अदालतले लगायो प्रहरीको जिम्मा

1 मिनेट
भक्तपुर, १५ माघ : आपराधिक उपद्रव सम्बन्धी कसुरमा जिल्ला अदालत भक्तपुरमा मुद्दा गरिएको सामाजिक अभियन्ता भनिने आशिका तामाङ्गलाई अदालतले प्रहरीको जिम्मा लगाएको छ ।
प्रहरी बृत्त जगातीको हिरासतमा सोमबार साँझदेखि रहेकी तामाङ्गलाई प्रहरीले आज जिल्ला अदालत भक्तपुरमा पेश गरेकोमा आगामी शुक्रबार अदालतमा उपस्थित गराउने गरी प्रहरीको जिम्मा लगाएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेले जानकारी दिनुभयो ।
प्रहरी वृत्त जगातीले आज सरकारी वकिल कार्यालय भक्तपुरले अनुसन्धान प्रतिवेदनको आधारमा अदालतमा अभियोग पत्र दायर गरेपछि जिल्ला अदालत भक्तपुरमा थुनछेक बहसका लागि तामाङलाई उपस्थित गराएको थियो ।
समय अभावका कारण आज थुनछेक बहस हुन नसकेपछि अदालतले शुक्रबारसम्मका लागि तामाङलाई प्रहरीको जिम्मा लगाएको प्रनाउ नेउपानेले जानकारी दिनुभयो ।
शुक्रबार तामाङ्गलाई बयान र थुनछेकको लागि अदालतमा उपस्थित गराइने जानकारी दिनुभयो । अभद्र व्यवहारको आरोपमा माघ २ गते पक्राउ परी  जिल्ला प्रशासन कार्यालय काठमाडौँमा सोमबार १० हजार रुपैयाँ धरौटी बुझाएर छुटे लगत्तै काठमाडौं प्रहरीले पक्राउ गरि साँझ भक्तपुर प्रहरी परिसर पठाएको थियो ।
सुर्यबिनायक नगरपालिकाको साँगास्थित झोलुंगे पुलमा प्रवेश गर्नेहरुसँग २० रुपैयाँ कर संकलन गर्ने कार्यको विरोध गर्दै कर संकलन गर्ने रसिद र वोर्ड च्यातेर जलाएर कर्मचारी र नगरपालिका प्रति अभद्र व्यबहार गरेपछि नगरपालिकाले प्रहरीका जोहरी दिएको थियो ।  नगरपालिकाको जाहेरी परेसंगै भक्तपुर प्रहरीले पक्राउ पूर्जी जारी गरेपनि तामाङ्गलाई पक्राउ भने गरेको थिएन ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।