
१६ माघ,काठमाडौँ।

केपी ओली कप फुटबल प्रतियोगिता आगामी फागुनको दोस्रो साता शुरु हुने भएको छ।राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा हुने उक्त प्रतियोगिता आगामी फागुन ११ देखि १९ गतेसम्म सञ्चालन हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आयोजकका अध्यक्ष क्षितिज थेबेले जानकारी दिए।
उनका अनुसार प्रतियोगितामा अखिल नेपाल फुटबल सङ्घद्वारा सूचीकृत ‘ए’ डिभिजनका क्लब र विदेशी गरी १० टोलीको सहभागिता रहनेछ।
प्रतियोगितामा उपाधि विजेता टोलीले नगद १५ लाख ११ हजार १११ रुपैयाँ पाउनेछ भने उपविजेताले नगद ५ लाख रुपैयाँ पाउनेछ। त्यसैगरी प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई नगद १ लाख रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ।
उत्कृष्ट गोल रक्षक, उत्कृष्ट गोलकर्ता र उत्कृष्ट उदयमान खेलाडीले जनही नगद ५० हजार रुपैयाँ पाउनेछन्। प्रतियोगितामा ‘म्यान अफ दि म्याच’ घोषित हुने खेलाडीले १५ हजार रुपैयाँ पाउनेछ। हरेक खेलको विजेता टोलीले २५ हजार रुपैयाँ पाउनेछन्।
उक्त प्रतियोगिताको सेमिफाइनल र फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछन् भने त्यसअघिका खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा हुनेछन्।
Related






