
१७ माघ, काठमाडौं।
मधेसकेन्द्रित आठ दलले सबै सम्मिलित कार्यदल गठन गरेका छन् । बिहीबार सिंहदरबारमा बसेको सबै दलबाट १÷१ जना हुने गरी कार्यदल बनाएका हुन् ।
बैठकले बैठकमा जसपा इस्तियाक राई, जनमतबाट शरद सिंह यादव, जसपा नेपालबाट मनिष सुमन, नागरिक उन्मुक्तिबाट गंगाराम चौधरी, लोसपाबाट लक्ष्मणलाल कर्ण, राष्ट्रिय मुक्ति पार्टी केशव झा मेहता, जनता प्रगतिशीलबाट शिवजि यादव र लोसपाबाट ब्रजेश सिंह रहेको कार्यदल गठन गरिएको छ ।
आठ दल सम्मिलित कार्यदलले साझा एजेण्डा तय गर्न मस्यौदा बनाउने, कार्यदलमा भएका विषय दलमा राख्ने, विधेयकमा समान धारणा लगातयका कार्य गर्ने जनमतका प्रवक्ता शरदसिंह यादवले जानकारी गराए ।