हामीसँग जोडिनुहोस

उपप्रधानमन्त्रीद्धय सिंह र पौडेलद्धारा चाँगुनारायणको स्मार्टसिटी एवं अस्पताल भवन निर्माण क्षेत्रको अवलोकन

3 मिनेट
भक्तपुर, १७ माघ : उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिह र उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलसहितको टोलीले आज भक्तपुरको चाँगुनारायण नगरपालिकाको स्मार्टसिटी निर्माण क्षेत्र तथा शहिद धर्मभक्त अंग प्रत्यारोपण केन्द्रको अस्पताल भवन निर्माण क्षेत्रको स्थलगत अनुगमन गर्नु भएको छ ।
आज चाँगुनारायण नगरपालिका क्षेत्रको अवलोकनमा पुग्नु भएको उपप्रधानमन्त्रीद्धय सिंह र पौडेलसहित पूर्वमन्त्री महेश बस्नेत, वागमति प्रदेश स्वास्थ्य मन्त्री किरण थापा, वागमती प्रदेशसभा सदस्य सुरेश श्रेष्ठ, पूर्वसचिव मणिराम गेलाल, काठमाडौं उपत्यका विकास प्राधिकरणकी आयुक्त जानुका पौडेल, प्राधिकरणका नायव विकास आयुक्त नवराज प्याकुरेल, एमाले जिल्ला अध्यक्ष बचन देउजासहितको टोलीले चाँगुनारायणमा निर्माण हुने स्मार्ट सिटीदेखि अस्पताल भवन र मनहरा खोलाको करिडोल निर्माण क्षेत्रको अवलोकन गर्नु भएको हो ।
उहाँहरुलाई चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री,  उपप्रमुख रमेश बुढाथोकी, वडा नं. ३ का वडाध्यक्ष श्यामसुन्दर धिमालले स्मार्टसिटी र अस्पताल निर्माण क्षेत्रकोबारेमा आवश्यक जानकारी गराउनु भएको थियो ।  स्थलगत अवलोकनको क्रममा चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले शहिद धर्मभक्त अंग प्रत्यारोपण केन्द्रलाई सरकारले चानपा–३ झौखेलमा पाँचवर्ष अगाडि दिएको ३५ रोपनी जग्गामा अस्पताल भवन निर्माण गर्न सहजिकरण गरिदिन आग्रह गर्नुभयो ।
उहाँले प्रधानमन्त्रद्धय सिंह र पौडेललाई भन्नुभयो, “शहिद धर्मभक्त अंग प्रत्यारोपण केन्द्रलाई नगरपालिकाको सिफारिसमा नेपाल सरकार मन्त्रिपरिषद्ले अस्पताल भवन निर्माणका लागि जग्गा दिएको छ । तर अस्पतालले भवन निर्माण गरिरहेको छैन । गतवर्ष पनि डिपिआरका लागि आएको बजेट फ्रिज भयो, यहाँ भवन निर्माणका लागि सरकारको तर्फबाट पहल गरिदिनु पर्यो ।”
नगर प्रमुख खत्रीले मानव अंग अस्पतालका लागि १०० देखि १५० रोपनी जग्गा माग गरिरहेको भन्दैे पहिलो चरणमा सरकारले दिएको जग्गामा भवन निर्माण गरेपछि नपुग भएर नगरपालिका भित्रै अन्य जग्गा दिन नगरपालिका तयार रहेको बताउनुभयो । अस्पताल भवन निर्माणको कामनै सुरु नभएको भन्दै उहाँले भवन निर्माणका लागि नगरपालिकाले सिमाङ्कन गरिदिने बताउनुभयो । उहाँले गतवर्ष अस्पताल भवनको डिपिआर निर्माण लागि एक करोड र सिमांकन लगायतका लागि आएको २८ लाख गरि कूल एक करोड २८ लाख बजेट फ्रिज भएको बताउनुभयो ।
वडाध्यक्ष श्यामसुन्दर धिमालले उपप्रधानमन्त्रीद्धयलाई मानव अंग प्रत्यारोपण केन्द्रले आफैले जग्गा उपयुक्त छ भनेर राजस्व तिरेर आफ्नो नाममा ल्याएको जग्गा अहिले टाढा भने भन्दै भवन निर्माणमा बेवास्ता गरेर अल्झाउने काम गरेको बताउनुभयो । उहाँले भक्तपुर ब्यासीबाट अस्पताल भवन निर्माण क्षेत्रसम्म आउन तीन किलामिटरको दुरीमा १२ मिटर चौडाको फराकिलो सडक रहेको जानकारी दिदै सरकारले अस्पतालको नाममा दिएको यो जग्गा नजिक भएर पनि टाढा भनेर अस्पताल प्रशासनले अन्यत्र जग्गा खोज्न लागको बताउनुभो ।
वडाध्यक्ष धिमालले भन्नुभयो, “२०७७ सालमा स्वास्थ्य मन्त्रालयदेखि अर्थ मन्त्रालय, भौतिक पूर्वधार मन्त्रालय, अस्पतालका कार्यकारी निर्देशक र प्राबिधिकसहतिको टोलीले उक्त जग्गाको अनुगमन एवं निरीक्षण गरेर अस्पताल भवन बनाउन उपयुक्त ठहर गरि सरकारले अस्पतालको नाममा जग्गा दिएको हो । बजेट पनि बिनियोजन गरेको हो तर अझै अस्पताल बनाउने सुरसार छैन । अस्पताल बनाउन आवश्यक पहल गरिदिनु पर्यो ।”
उप्रधानमन्त्रीद्धय सिंह र पौडेलले अस्पताल भवन निर्माणका लागि अस्पताल प्रशासनसंग आवश्यक पहल गर्ने बताउनभयो । उहाँहरुले चाँगुनारायणको डाँडोमा बसेर चाँगुनारायणमा बन्ने स्मार्ट सिटीको क्षेत्रको अवलोकन गर्नुभयो ।  साथै स्मार्ट सिटी र निर्माणाधिन वीर अस्पताल आउन सहज हुने गरि निर्माण हुन लागेको मनहरा खोला किनाराको दुबै तर्फको करिडोर निर्माण क्षेत्रको समेत चाँगुनारायण क्षेत्रबाट अवलोकन गर्नुभयो ।
नगर प्रमुख खत्रीले स्मार्टसिटीको काम अगाडि बढाउन वा स्मार्ट सिटी खारेज गर्न आग्रह गर्दै जनताको जग्गा धरै वर्षदेखि रोक्का रहेकाले समस्या आएको बताउनुभयो । अर्थ मन्त्री पौडेलले स्मार्टसिटीको काम अगाडि बढ्ने जानकारी गराउनुभयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।