हामीसँग जोडिनुहोस

स्वास्थ्य मन्त्री किरण थापाद्धारा उद्घाटन भएको डोलेश्वरको १६ औं वार्षिक साधारणसभा सम्पन्न

2 मिनेट

भक्तपुर, १७ माघ । केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा तथा विकास समितिको १६ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । मन्दिर परिसरमा आज आयोजना गरिएको साधारणसभाको बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापामगरले उद्घाटन गर्नुभयो ।

आफनो यहाँंसम्मको प्रगतिमा भगवान शिवजीको कृपा रहेको विश्वास व्यक्त गर्दै आफू यहाँसम्म पुग्न महादेवको कृपा रहेको विश्वास व्यक्त गर्नुभयो । उहाँले डोलेश्वर महादेव मन्दिरलाई आजको अबस्थासम्म पुर्याउन निकै मिहनेत गर्नु परेको स्मरण गर्दै दाताहरुको सहयागले मन्दिर, चौघरा सत्तललगायतका संरचनाहरु बनेको बताउनुभयो ।

डोलेश्वरका बिकाससंगै यहाँका जनताको आर्थिक उन्नती भएको,यहाँको उत्पादनहरु यहीँ खपत बढेको र नेपाललगायत भारतका पर्यटकहरुके आगमन बढेको र अन्य मुलुकका पर्यटकको समेत आगमन बढेको उहाँले बताउनुभयो । उहाँले दुईवटा राजमार्ग केन्द्रीत रहेर ट्रमा सेन्टर निर्माण गरिने बताउदै सूर्यविनायक नगर अस्पताल र धादिङको राजमार्गमा अर्को अस्पताललाई ट्रमा सेन्टर बनाउने तयारी गरेको बताउनुभयो ।

वर्तमान बागमती प्रदेश सरकारले आउने आर्थिक वर्षको नीति तथा कार्यक्रम यसका लागि बजेट विनियोजन गर्ने बताउदै उहाँले सडक दुर्घटनाबाट दैनिक ५÷७ जनाको दुःखद निधन हुने गरेकाले दर्घटनामा परेको बिरामीको छिटो उपचार गराउन राजमार्ग केन्द्रित गरेर ट्रमा सेन्टर बनाउन लागेको बताउनुभयो । भक्तपुरको जगातीमा रहेको नगर अस्पताललाई ट्रमा सेन्टर बनाउदाँ त्यसबाट भक्तपुर पूर्वका जिल्लाहरु काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, दोलखालगायतले फाइदा लिन सक्ने उहाँले बताउनुभयो ।

उहाँले १०० शैयाको अस्पतालले अबन र्सिङ्ग कलेज सञ्चालन गर्न पाउँने नीति प्रदेश सरकारले पारित गरेको बताउदै उहाँले आउँदो वर्षदेखि ३०० शय्याो भक्तपुर अस्पतालमा नर्सिङ्ग कलेज सञ्चालन गर्ने बताउनुभयो । आफु बागमती प्रदेशको स्वास्थ्य मन्त्री भइसकेपछि ओपिडी सेवा बिहान ८ बजेदेखि सुरु गरेको, दूर्गमका नागरिकहरुलाई स्वास्थ्य सेवा दिन प्रत्येक अस्पतालले वर्षमा कम्तीमा एक वटा स्वास्थ्य शिविरहरु दुर्गममा गएर गर्नु पर्ने नीति प्रदेश रिकारले पारित गरेको बताउनुभयो ।

कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याल, सूर्यविनायक नगरपालिकाका प्रवक्ता रविन्द्र सापकोटा, वडा नं. ८ का अध्यक्ष पुष्पराज बस्नेत, केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकाश समितिका अध्यक्ष धर्मराज बस्नेत, महासचिव हरिशरण बस्नेतलगायतले डोलेश्वर क्षेत्रको धार्मिक संगै आन्तरिक र बाह्य पर्यटकको केन्द्र बन्दै गएको बताउनुभयो । कार्यक्रममा महासचिव हरिशरण वस्नेतले प्रगति प्रतिवेदन र कोषाध्यक्ष रत्नप्रसाद छुकाँंले आयव्यय विवरण पेश गर्नुभयो भने समितिका उपाध्यक्ष रामेश्वर थापाले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।