हामीसँग जोडिनुहोस

प्यालेस्टिनी समूह हमासद्वारा थप ३ बन्धक रिहा

1 मिनेट

काठमाडौं,१९ माघ।

प्यालेस्टिनी समूह हमासले थप तीनजना बन्धक रिहा गरेको छ । उनीहरूमध्ये दुई जनालाई दक्षिणी गाजाको खान युनिस र एक जनालाई गाजासिटीबाट रिहा गरिएको हो ।

३४ वर्षीय यार्देन बिवास र फ्रान्सको समेत नागरिकता भएका ५३ वर्षीय ओफर काल्दरोनलाई खान युनिसबाट रिहा गरिएको हो । त्यस्तै, ६५ वर्षीय किइथ सिगललाई गाजासिटीबाट रिहा गरिएको हो । उनीसँग इजरायल र अमेरिकाको दोहोरो नागरिकता छ ।

तीनै जनालाई गत जनवरी १९ मा इजरायल र हमासबीच भएको युद्धविराम सम्झौता अनुसार रिहा गरिएको हो । त्यसको बदलामा इजरायलले १ सय ८३ जना प्यालेस्टिनी बन्दीलाई रिहा गर्दैछ । इजरायलले शनिवार छाड्ने ७० जना आजिवन वा लामो अवधिको कारावास सजाय तोकिएका व्यक्तिहरू भएको जनाइएको छ । दुई पक्षबीच सम्झौता भएयता शनिबार चौथो चरणमा बन्धकहरू छाडिएको हो ।

हमासले ६ साता लामो युद्धविरामको पहिलो चरणमा ३३ जना बन्धकहरू रिहा गर्ने सम्झौतामा उल्लेख छ । त्यसको बदलामा इजरायली जेलमा रहेका करिब १९ सय प्यालेस्टिनी बन्दीहरू रिहा हुनेछन् ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।