हामीसँग जोडिनुहोस

(केयु) को रिक्त उपकुलपति नियुक्तिको लागि दरखास्त म्याद थप

1 मिनेट
काठमाडौँ, २० माघ ।

काठमाडौं विश्वविद्यालय(केयु)को रिक्त उपकुलपति नियुक्तिको लागि दरखास्त म्याद थप भएको छ। काठमाडौं विश्वविद्यालयको रिक्त उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित खोज तथा सिफारिस समितिले सूचना जारी गर्दै दरखास्त आव्हानको लागि म्याद थप गरिएको जनाएको हो।

समितिका अनुसार रिक्त उपकुलपति पदका लागि नाम सिफारिस गर्न गठित खोज तथा सिफारिस समितिबाट २०८१/९/१७ मा स्वीकृत ‘काठमाडौं विश्वविद्यालयको उपकुलपति खोज तथा सिफारिससम्बन्धी कार्यविधि, २०८१’ बमोजिम दरखास्त आह्वान गरिएकोमा यस खोज तथा सिफारिस समितिबाट २०८१/१०/१७ मा उक्त कार्यविधिमा पहिलो संशोधन गरिएको छ।

‘काठमाडौं विश्वविद्यालयको उपकुलपति खोज तथा सिफारिस सम्बन्धी (पहिलो संशोधन) कार्यविधि, २०८१ उल्लिखित प्रावधान बमोजिम इच्छुक तथा योग्य व्यक्तिले ललितपुर जिल्ला, ललितपुर महानगरपालिका, बालकुमारी स्थित काठमाडौं विश्वविद्यालयको स्कुल अफ मेनेजमेन्टमा आवश्यक कागजात सहित दरखास्त बुझाउन मूल कार्यविधिको अनुसूची(१ बमोजिमको ढाँचामा यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र कार्यालयमा पेश गर्न सकिने गरी म्याद थप गरिएको ब्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ,’सूचनामा उल्लेख छ।

समितिका अनुसार बिहान ११ बजे देखि दिनको ४ बजेसम्ममा दरखास्त पेश गर्न सकिनेछ। दरखास्त पेश गर्ने अन्तिम दिन सार्वजनिक बिदा परेमा त्यसपछि कार्यालय खुलेको दिनको कार्यालय समयभित्र दरखास्त दिन सकिनेछ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।