
काठमाडौँ, २० माघ ।

विश्व बैंकले जलवायु परिवर्तनका कारण जिम्बावेकाे अर्थतन्त्रमा गम्भीर असर पुग्ने चेतावनी दिएको छ । जलवायु परिवर्तनले जिम्बावेकाे कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वार्षिक १२ प्रतिशतसम्म ओरालो लाग्न सक्ने विश्व बैंकले चेतावनी दिएको छ ।
जलवायु परिवर्तनबाट सिर्जित घटनालाई सम्बोधन गर्न कडा उपायहरू लागू नगरेमा अर्थतन्त्रमा अनुमान गरेभन्दा धेरै समस्या देखिन सक्ने पनि विश्व बैंकले जनाएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । जिम्बावे आर्थिक अपडेट रिपोर्टमा विश्व बैंकले जिम्बावेलाई जलवायुसम्बन्धी झड्काविरुद्ध लचिलोपन बढाउन आग्रह गरेको छ ।
जिम्बावे सरकारको तथ्याङ्कानुसार कृषिले जीडीपीको ११ प्रतिशतदेखि १४ प्रतिशतसम्म योगदान गरेको छ । यस्तै कृषि क्षेत्रले ७० प्रतिशत जनसङ्ख्यालाई रोजगारी दिएको र उद्योगका लागि सबै कच्चा पदार्थको ६० प्रतिशत आपूर्ति गरेको छ । तर वर्षा प्रणालीमा आएको फेरबदल र मकै उत्पादनमा देशको बढ्दो निर्भरताले गर्दा जिम्बावेकाे अर्थतन्त्र समस्यामा परेको खबरमा उल्लेख छ ।
२०२३/२०२४ को कृषि मौसममा जिम्बावेमा ‘एल निनो’ का कारण ठूलो खडेरी परेको थियो जसको परिणाम स्वरूप मकैको उत्पादनमा ६० प्रतिशतले गिरावट आएको थियो । वर्षामा भएको उल्लेखनीय कमी र उच्च तापक्रमले व्यापक खाद्य असुरक्षा र आर्थिक कठिनाइ निम्त्याएको छ ।
यो अङ्ग्रेजी वर्ष सन् २०२५ सम्ममा साढे १२ अर्ब डलर बराबरको कृषि उत्पादन गर्ने सरकारको लक्ष्यलाई पनि जलवायु परिवर्तनबाट भएका घटना बाधक बन्ने अनुमान छ । खडेरीका कारण जिम्बावेमा गरिबी बढ्न सक्ने पनि देखिएको छ ।
Related

अन्य समाचार
वागमती प्रदेशका मुख्यमन्त्री ईन्द्र बानियाँले आज भक्तपुर अस्पतालको अवलोकन
एउटै मञ्चमा सांगीतिक प्रस्तुती दिदै चर्चित गायकद्धय प्रमोद खरेल र दुर्गेश थापा
भक्तपुरमा जारी महोत्सवले उल्लेखनीय सफलता हासिल गरेको छ। सल्लाघारी मा सञ्चालन भइरहेको ‘दशौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव–२०८२/०८३’मा हालसम्म एक लाखभन्दा बढी दर्शक तथा उपभोक्ताको आगमन भएको छ भने ५० लाख रुपैयाँभन्दा बढीको कारोबार






