हामीसँग जोडिनुहोस

एकीकृत समाजवादीका यसअघि तय गरेका तीन तहका पार्टी कमिटीको बैठकको मिति संशोधन

1 मिनेट

माघ २०,काठमाण्डाै।

नेकपा (एकीकृत समाजवादी) ले यसअघि तय गरेका तीन तहका पार्टी कमिटीको बैठकको मिति संशोधन गर्दै परिवर्तन गरेको छ ।  सो पार्टीका महासचिव घनश्याम भुसालका अनुसार संशोधित मिति अनुसार फागुन ६ गते स्थायी कमिटी, ७ गते पोलिटब्युरो तथा ८ र ९ गते केन्द्रीय कमिटी बैठक बस्नेछ ।

यसअघि सो पार्टीले यही माघ २८ गते स्थायी कमिटी, २९ गते पोलिटब्युरो र माघ ३० देखि फागुन १ र २ गते केन्द्रीय कमिटी बैठकको मिति सार्वजनिक गरेको थियो ।स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकले आन्दोलनका कार्यक्रम तय गर्ने एकीकृत समाजवादीले जनाएको छ । आन्दोलनद्वारा पार्टी निर्माण गर्ने बताउँदै आएको सो पार्टीले महासचिव घनश्याम भुसाललाई आन्दोलनको संयोजक तोकेको छ भने आन्दोलन संयोजन समितिको सचिवमा नेता जीवराम श्रेष्ठ तोकिएका छन्

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।