हामीसँग जोडिनुहोस

बङ्गलादेशमा हुने पाँचदिवसीय पुरूष कबड्डीका लागि नेपाली टोली घोषणा

1 मिनेट

काठमाण्डौ,२१ माघ।

बङ्गलादेशमा हुने पाँचदिवसीय पुरूष कबड्डीका लागि नेपाली टोली घोषणा भएको छ । अखिल नेपाल कबड्डी सङ्घले हिजो १५ सदस्सीय टोली घोषणा गरेको हो ।

टोलीमा पाँच वैकल्पिक खेलाडीलाई पनि राखिएको छ । टोलीको कप्तानी घनश्याम रोकामगरले नै गर्नेछन् ।

टोलीमा नेपाल कबड्डी लिग (एनकेएल) मा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीले स्थान बनाएका छन् । घनश्यामसँगै रामु टमाटा पनि टोलीमा समेटिएका छन् ।

रामुको कप्तानीमा रहेको जनकपुर नाइट्सले घनश्यामको कप्तानीमा रहेको काठमाण्डौ माभरिक्सलाई ४५–४१ ले पराजित गर्दै प्रथम संस्करणको उपाधि जितेको थियो ।

टोलीमा जनकपुरबाट अलराउन्डर रामुसँगै सविन बोहजु, नवीन लोहार र मोहम्मद साहिल शेख टोलीमा सेमेटिएका छन् । यस्तै, उपविजेता काठमाण्डौबाट सोहेल इस्लाम, मेघराज गिरि र प्रमोद श्रेष्ठ सेमिटिएका छन् ।

उनीहरूबाहेक गणेश पार्की, सुशील चुनारा, सतिशकुमार कुर्मी, सुरज बोहरा, अमित राजभर, रबिन कुवर, भुबन बोहरा र गिरिजा रोकामगर टोलीमा छन् ।  वैकल्पिकमा साहिलसहित, ईशार खान, जितेन्द्र अबस्थी, सन्देश तामाङ र खगेन्द्र जोशी छन् ।

सङ्घका अनुसार प्रतियोगिता फागुन ६ देखि १६ गतेसम्म बङ्गलादेशका विभिन्न शहरमा हुने तय छ । तर, खेल खेलाउने ठाउँ भने अझै टुङ्गो लागेको छैन  ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।