हामीसँग जोडिनुहोस

क्यानडा र मेक्सिकोमा २५ प्रतिशत कर लगाउने अमेरिकी प्रस्ताव एक महिनाका लागि स्थगित

1 मिनेट

काठमाण्डौ ,२२ माघ। 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडा र मेक्सिकोमा २५ प्रतिशत कर लगाउने प्रस्तावलाई एक महिनाका लागि स्थगित गर्नुभएको छ ।मेक्सिको र क्यानडाले सीमा सुरक्षा सुधार गर्न र लागूपदार्थको तस्करीलाई रोक्न विभिन्न उपाय अपनाउन सहमति जनाएपछि कर लगाउने प्रस्तावलाई एक महिना पछि धकेलिएको बीबीसीले जनाएको छ ।

मेक्सिको अवैध औषधिको ओसारपसार रोक्न सीमामा दश हजार सैनिक खटाउन तयार भएको छ भने क्यानडाले लागूऔषधको समस्यालाई सम्बोधन गर्न एक जना वरिष्ठ सार्वजनिक अधिकारी नियुक्त गर्ने बताएको छ ।

यस्तै मेक्सिकोका राष्ट्रपति क्लाउडिया शीनबामले दक्षिणमा हतियार ओसारपसारलाई सीमित गर्न अमेरिकासमेतले प्रतिबद्धता जनाएको बताउनुभएको खबरमा उल्लेख छ ।

यसअघि ट्रम्पले युरोपेली सङ्घमाथिसमेत व्यापार शुल्क लगाउने चेतावनी दिनुभएको थियो । तर बेलायतसँग एक सम्झौतामा काम गर्न सकिने सुझाव पछि उहाँ पछि हट्नुभएको थियो ।

ट्रम्पले आयात कर लगाइनु पर्ने कयौँ कारणमध्ये सीमा सुरक्षा, अवैध औषधिको प्रवाह, व्यापार घाटालगायतलाई प्राथमिकताका साथ उठाउँदै आउनुभएको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।