हामीसँग जोडिनुहोस

नेपाल टेलिकम आर्थिक वर्ष २०८०/०८१ मा सवा ६ अर्ब नाफामा

1 मिनेट

२२ माघ, काठमाडौं ।

नेपाल टेलिकमले आर्थिक वर्ष २०८०/०८१ मा कुल ६ अर्ब २३ करोड खुद मुनाफा गरेको छ । २१ औं वार्षिकोत्सवमा कम्पनीको पछिल्लो आर्थिक वर्षको आयव्ययसहितको विवरण सार्वजनिक गर्दै टेलिकमले यसबारे जानकारी गराएको हो ।

‘कम्पनीको वित्तीय अवस्थालाई नियाल्दा आर्थिक वर्ष २०८०/८१ मा कम्पनीको कुल आय ४२ अर्ब ११ करोड र खुद मुनाफा ६ अर्ब २३ करोड छ,’ टेलिकमले बताएको छ ।जुन अघिल्लो आर्थिक वर्षको तुलनामा केही कमी रहेको टेलिकमले बताएको छ । अर्थतन्त्रका सूचांक नकारात्मक भएको अवस्थामा पनि कम्पनीले मुनाफा आर्जन गर्न सफल भएको प्रतिवेदनमार्फत कम्पनीले भनेको छ ।

चालु आर्थिक वर्षको पौष मसान्तसम्म कम्पनीले करिब २० अर्ब १२ करोड आय आर्जन गरिसकेको बताइएको छ ।

त्यस्तै, टेलिकमको ग्राहक संख्या २ करोड १२ लाख ४२ हजार बढी पुगेको बताइएको छ । जीएसएमतर्फ २ करोड ७ लाख ७४ हजार र पीएसटीएन सेवाका ग्राहक ८७ हजार, एचटीटीफ भ्वाइस सेवा लिने ३ लाख ८० हजार रहेको टेलिकमले जनाएको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।